टोकियोमा आज १११ सहित जापानभर २०८ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा आज आइतबार थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो शनिबार १३१ जनामा संक्रमण देखिएको थियो ।
टोकियोमा अहिलेसम्म ६७७५ जना संक्रमित भएका छन् । आइतबार खानागावामा २० जनामा कोरोना देखिएको छ भने ओसाकामा ६ जनामा कोरोना पुष्टि भएको छ । जापानमा आज २०८ जना संक्रमण थपिएका छन् । जापानभर आजसम्म आन्तरिक र बाह्य गरि २० हजार ५२८ जना संक्रमित भएका छन् ।
अहिलेसम्म १६ हजार ९५९ जना निको भएका छन् भने ९७७ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया