टोकियो । विश्वभर कोरोना भाइरस कोभिड-१९ को महामारी भएको बेला २ सेकेण्डमै भाइरस मार्न सक्ने मिनेरल युक्त जापानी प्रविधीको सेनिटाईजर “एक्टिभ वाटर”बजारमा आएको छ ।
जापानको केटु टेक्नोलोजी कम्पनीले उत्पादन गरेको जापानी प्रविधीबाट बनाएको एक्टिभ वाटरलाई एमुस इन्फिनिटी जापानले बजारमा लिएको छ । यसको मार्केटिंङ वल्ड इंस्पिर जापानले गरेको छ ।
कोभिड १९ रोकथामको लागि अथाह प्रयास गरेको जापान सरकार र जापानका ठुला कम्पनीले एक पछि अर्कों प्रविधि भित्र्याइरहेका छन । अफ्रीका र दक्षिण एशियाका फीलीपीन सिंगापुर लगायत देशहरूमा पठाउने तयारी भईरहेको छ ।
विश्वको भयाबह अवस्थाको सामना गर्न कुनै नाफा नराखीकन साबीकको भन्दा कम मुल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यसको प्रयोग हात,कपडा,कोठा,खानेकुरामा पसेपनि कुनै असर नगर्ने कम्पनीले जनाएको छ । http://www17.plala.or.jp/active-water/