शुक्रबार, चैत १६, २०८०

आविस्कार केन्द्रको अभियानलाई एनआरएनए जापान पूरा गरिदिने,आर्थिक संकलन सुरु

टोकियो । राष्ट्रिय आविस्कार केन्द्रले थ्री डि प्रिन्टिंग मेशिन खरिदको लागि आवश्यक सहयोग गर्न गरेको अनुरोधलाई गैरआवसीय नेपाली संघ(एनआरएनए)जापानले पूरा गरिदिने भएको छ ।

आविस्कार केन्द्रले नेपालमा कोरोना भाइरसको परीक्षण गर्न नाक र घाँटीबाट स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सुईरोको एकदमै अभाव भएको र उक्त सुइरो बनाउने राम्रो किसिमको थ्री डि प्रिन्टिंग मेशिन जापानबाट किनेर लैजाने विषयमा राष्ट्रिय आविस्कार केन्द्रले एनआरएनए जापानलाई आवश्यक सहयोगको लागि आधिकारीक रुपमा पत्र पठाई अनुरोध गरे अनुसार आर्थिक संकलन सुरु गरेको हो ।

आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनको अभियानमा एनआरएनए जापान आवश्यक सहयोग गर्न तयार भएको र उक्त राम्रो कार्यमा हातमा हात मिलाउन जापानवासी सम्पूर्ण संघसंस्था, व्यवसायी, बुद्दिजीवी तथा दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो  । साथै यस कार्यमा सहयोगको निम्ति अन्य संघसंस्था अथवा व्यक्तिहरुले उठाउनु भएको सहयोग रकम पनी हामी सबैले एकमुष्ठ रुपमा एकद्वार प्रणाली मार्फत सहयोग गर्दा युपयुक्त र प्रभाकारी हुने हामीले विस्वास लिएका छौँ । उक्त कार्यमा सहयोग स्वरूप एनआरएनए जापानले १० मान अर्थात एक लाख, एनआरएनए क्युस्यु क्षेत्रीय समितिले १० मान सहयोग गरेको जनाएको छ ।

सहयोग गर्ने इक्छुक महानुभावहरुलाई एनआरएनए जापानको जापान पोस्ट बैंक 10930-13431561मा सहयोग गर्नसमेत जापानवासी नेपालीलाई अनुरोध गरेको छ ।