हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । बागमती प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन् ।
उनी बिहीबार एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

