Nepali date


सोमवार, जेष्ठ १२, २०७७

नेपालको नयाँ नक्सा जारी गरेकोमा एनआरएनए जापानद्वारा सरकारको प्रसंशा

टोकियो । भारतले अतिक्रमण गरेको नेपाली भूभागसमेटेर नयाँ नक्सा जारी गरेकोमा गैर आवासीय नेपाली संघ (एनआरएनए)जापानले नेपाल सरकारको प्रशंसासहित उक्त निर्णयको स्वागत गरेको छ ।

नेपालको छिमेकी भारतको हेपाह प्रवृत्तिलाई चुनौती दिँदै गुमेको भूभाग लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रलाई समेटी सरकारले नयाँ नक्सा जारी गर्नु सह्रानिय काम भएको भन्दै एक विज्ञप्ति नै निकाली सरकारको यस निर्णयलाई स्वागत गरेको हो ।

एनआरएन्ए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले हस्ताक्षरित उक्त विज्ञप्तिमा गुमेको उक्त भूमि फिर्ता गर्ने कार्यलाई तिब्रता दिनसमेत जोड गरेको छ ।

विज्ञप्ति

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: