शुक्रबार, चैत १६, २०८०

सीमा मिच्न पाईदैन भन्दै गायक अमृत खातीले ल्याए देशभक्ति गीत “हाम्रो माटो”

काठमाडौं । राष्ट्रिय सङ्गीतकर्मी संघ नेपालका चर्चित कलाकारहरुले देशभक्ति गीत ल्याएका छन । हाम्रो माटो बोलको गीतमा चर्चित कलाकारहरु । उक्त गीतमा अमृत खाती, बिक्रम जंग शाह, हास्य कलाकार राजा राजेन्द्र, गायिका सिर्जु अधिकारी र गायिका अनु अधिकारीले आवाज दिएका छ्न । गीतमा शब्द अमृत खातीको छ भने, लय अमृत खाती र राजा राजेन्द्रको रहेको छ । त्यस्तै, सङ्गीत संयोजन कमल सौरागले गरेको छ्न ।

गीतको म्युजिक भिडियोमा उमा श्रेष्ठ, अमृत खाती, बिक्रम जङ शाह, हास्य कलाकार राजा राजेन्द्र, चर्चीत गायिका सिर्जु अधिकारी र अनु अधिकारीको अभिनय रहेको छ । उक्त गीतको भिडियो सम्पादन तथा निर्देशन भने हुम गैरेले गरेको छ्न । गीतलाई सिर्जु अधिकारि युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । धेरै समय अगाडिबाट नेपाल र भारतको सिमानाको विवाद हुँदै आएको थियो, तर यो पटक भने भारतले एक तर्फी बाटो निमाण गरेपछि नेपालमा चर्को विरोध भईरहेको छ, भने सरकारले नयाँ नक्शा समेत सार्वजनिक गरेको छ ।

गीतमा सबै नेपालीहरु लाई एक जुट भए र आवाज उठाउन र देशका लागि लड्न र आदि नक्सा नै लुटियो ओहोर दोहोर गर्नी बाटो नै बन्द हुनि भयो हाम्रो देश को माटो लूटियो भने जस्तो सन्देश लाई अभिप्रेरित गरिएको छ ।