बिहिबार, बैशाख ०६, २०८१

अभिनेत्री नम्रता श्रेष्ठद्धारा रक्षा नेपाललाई खाद्य सामग्री सहयोग

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’लाई सहयोग गरेकी छन् । उनले रक्षा नेपालमा रहेका किशोरीहरुको लागि खाध्यसामग्री र हरियो तरकारी सहयोग गरेकी हुन् ।‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनले ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने खाध्य सामाग्री र तरकारी दिएकी हुन् ।

‘रक्षा नेपाल’मा सहयोग गर्न आएकी नम्रतालाई देखेपछि त्यहाँका किशोरीहरु खुसी देखिएका थिए । उनीहरुले नम्रतासँग सेल्फि खिचाउनुका साथै अटोग्राफसमेत लिएका थिए । रक्षा नेपाल मानव अधिकारवादी संस्था हो । संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ । संस्थामा ७० जना किशोरी र बालबालिका रहेका छन् ।

नम्रताले सहयोग गरेको अभियान ‘हाम्रो सानो प्रयास’मा कलाकार विजय लामा, फिल्म निर्देशक मिन भाम, अभिनेत्री नम्रता श्रेष्ठ, पुकार बम, दीपकराज सापकोटा लगायत रहेका छन् ।