शुक्रबार, बैशाख ०७, २०८१

युएईमा धर्ना बसेका नेपाली श्रमिकलाई अन्ततः दूतावासले गर्यो व्यवस्थापन

अबुधावी । एक महिना अघिदेखी अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १८ नेपालीलाई अन्ततः दूतावासले व्यवस्थापन गर्ने भएको छ । नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए)युएईको सहकार्यमा पीडितहरु नेपाल नफर्कदासम्म बस्न र खानको व्यवस्था गर्ने सहमति भएसँगै यो समस्या टरेको हो ।

एक महिना अघिदेखी एनआरएनए युएईले सहयोग गरेपनि नेपाल जान प्लेन नखोलेपछी राजदुतावासमा ध्यानाकर्षण नगरे पछि धर्ना सुरु गरेको जानकारी नेपाल सेफ सोसाइटीको सदस्य लेखनाथ थपलियाले बताउनु भएको थियो । उनीहरुलाई हवाई यात्रा सुचारु भए लगत्तै प्राथमिकताका साथ नेपाल पठाउन व्यवस्था गरिने सहमतिमा जनाईइएको छ । दूतावासबाट शारहजासम्म पुग्ने यातायातको व्यवस्था दूतावासले गरेको एक पीडितले बताए । धर्नापछि दूतावास लगायत एनआरएनए युएईले समस्या समाधानमा सक्रियता जनाएको थियो। दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका पीडितहरू आ(आफ्नो सामान बोकेर आज बिहान नेपाली दूतावास आबुधावी पुगेका थिए। केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका उनीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेका थिए ।

नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए ।

तस्विर : रमेश पहरी,अबुधावी