बिहिबार, बैशाख १३, २०८१

साइप्रसमा एक नेपाली युवकले चक्कु प्रहार गरेर साथीको हत्या

साइप्रस । साइप्रसको निकोसियामा एक नेपाली युवकको हत्या भएको छ ।  मंगलबार राती आपसी विवादमा २१ वर्षीय सुवास गिरीले आफ्ना साथी विवेक हुमागाईँको हत्या गरेका छन् । गिरीले चक्कु प्रहार गरेर साथीको हत्या गरेपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए । मंगलबार राती १०:३० बजे घरमा सामान्य विवाद भएको थियो । सामान्य विवादमा चक्कु प्रहार गरेर हुमागाईँको हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको १५ मिनेटपछि आरोपी गिरीले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

घटनाका विषयमा अनुसन्धान चलिरहेको स्थानीय पुलिसले जनाएको छ ।