Nepali date


सोमवार, जेष्ठ १२, २०७७

जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि,सचेत रहन दुतावासको आग्रह

टोकियो । पछिल्लो समय जापानको खानागावा प्रिफेक्चरमा एक जना र टोकियोमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै  जापानमा कोरोना संक्रमित नेपाली ७ जना पुगेको छ । खानागावाको योकोकामामा एक नेपाली महिला र टोकियोमा एक पुरुष र एक महिला २ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जानकरी दिएको छ । यो सँगै जापानमा कोभिड १९ भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ७ पुगेको हो । यसअघि संक्रमण पाईएका अर्याल थरका पुरुषको श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो । टोकियो र कानागावामा दुई जोडी श्रीमानश्रीमतीलाई कोरोना संक्रमित भएको छ ।

अस्पतालले मे १ तारिख शुक्रबार साँझ आफुलाई कोरोना संक्रमण पोजेटिभ भएको बताएको छ । कानागावाको कोरोना संक्रमित महिलाको हाल स्वास्थ्य अवस्था सामान्य रहेको एनआरएनए अध्यक्ष देबिलाल भण्डारीले मातृ सन्देशलाई जानकारी दिनुभयो भने उहाँको श्रीमानलाई एक साताअघि कोरोना भाइरस पुष्टि भएको थियो । श्रीमान् श्रीमती र छोरासँगै बस्दै आएको अर्याल परिवारमा छोरामा भने हालसम्म संक्रमणको कुनैपनि लक्षण नदेखिएको परिवारका सदस्यहरुले बताएका छन् ।

राजधानी टोकियोस्थित इकेबुकुरोको एक रेष्टुरेण्टमा कार्यरत २ जना कोरोना संक्रमण पुष्टि भएको नेपालीको स्वास्थ्य अवस्था पनी सामान्य रहेको बताईएको छ । उनीहरुलाई हस्पिटलले कोरोना पोजिटिभ रिपोर्ट दिई हाल उपचाररत छन् ।  एक जना युवतीले कोरोनालाई जितेर स्वास्थ्य लाभ लिई घर फर्किईसकेकी छन् भने एक नेपाली मूलकी भारतीय महिलाको पनी कोरोना संक्रमणबाट निधन भएको छ ।

जापानमा नेपाली समुदायमा कोरोना भाइरस संक्रमण बढ्योले समाधानी अपनाएर सचेत रहन र समस्या परे नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत प्रतिभा राणाले अनुरोध गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: