Nepali date


सोमवार, जेष्ठ १२, २०७७

सागर एस वाइबाको म्यूजिक भिडियो ‘यहि गाउँ हो रे’सार्वजनिक(भिडियोसहित)

काठमाडौं । ललित कला क्याम्पसमा संगीतको गायन बिधा लिएर अध्ययनपश्चात् कला क्षेत्रमा प्रवेश गरेर दुई दशक लामो म्हेन्दोमाया गीत संगीतमा एकछत्र राज गरेर बिस्तारै नेपाली संगीतिक आकाशमा पाइला टेक्दै गीति सङ्ग्रह (sweet Heart) मा समाबेश पहिलो गीत माथिमाथी बोलको सेलो गितको सफलता पछि सोही गीति संग्रहको दोस्रो महत्वाकांक्षी गीत यहि गाउँ हो रे सार्बजनिक गरेका छन् ।

नेपाली संगीतिक आकाशमा नौलो नाम होल तर म्हेन्दोमाया गीत संगीतमा सागर एस वाइबा एउटा सफल नाम हो बहुचर्चित एवं लोकप्रिय नाम हो म्हेन्दोमाया संगीतमा म्हेन्दोमाया किङको उपनामले चिनिन्छन । सागर एस वाइबालाई शब्द,रचना,संगीत,गायन पनि अब्बल सुमधुर स्वरका धनी आफ्नो गीतमा मोडलिङ अभिनय समेत आफै गर्ने म्युजिक भिडियो निर्देशन सम्म आफै गर्न भ्याउछन ।

यहि गाउँ हो रे आधुनिक युगमा नेट,ईन्टरनेटमा चीनजान हुन्छन तर एकले अर्काको अनुहार देखिएको हुन्दैनन । एउटा रकस्टार कार्यक्रमको शिलशिलमा जुन गाउँ जुन ठाँउ पुगेनी आफ्नो बिना प्रोफइल वलि मायालु भेट्छन कि भनेर गाउने गीत यहि गाउँ हो रे,यहि ठाँउ हो रे गाउँ गाउँ शहर शहर देश देखि विदेश आधा बिश्व गीत गाएरै यात्रा गरिसकेका गायक म्हेन्दोमाया । गीत चल्नु ठुलो होइन चलेर टिक्न सक्नु असली बाद्शा हो भन्छन् वाइबा  । सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतका म्युजिक भिडियो द म्हेन्दोमाया किङ युट्युब च्यानलबाट सार्वजनिक गरेका छन । सागर एस वाइबाको लय/शब्द र सुमधुर स्वरमा सजिएको एउटा पृथक नेपाली लोकपप गीतमा वाइबाको साथमा मोडल तथा नायिका शिल्पा तामाङ,उर्मिला गुरुङले कुशल अभिनय गरेका छन। म्युजिक भिडियोको कोरियोग्राफीमा राज किङ वाइबा हुन् भने निर्देशन सागर एस वाइबा रहेकोे छन ।

गीतका म्युजिक भिडियो

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: