बिहिबार, बैशाख ०६, २०८१

जापानमा आपतकाल घोषणासंगै यस्तो छ आर्थिक सहयोग प्याकेज

टोकियो । जापान सरकारले अप्रिल ७ तारिखको राति १२ बजेबाट में ६ तारिखसम्म १ महिनाको लागि टोकियो, चीबा, खानागावा, साइतामा, ओसाका,ह्योगो र  फुकुओका प्रिफ़ेक्चरमा आपातकालको घोषणा ।

आपतकाल घोषणा पछि के हुने 

१, बन्द हुने कुराहरु : स्कूल ,फ़िल्म हल, ठुला साना सबै खालका इभेन्ट हलहरू, इजाकाया,नाइट क्लबहरु

२,साबिक सुचारु हुने : सार्वजनिक सवारी साधनहरु, ट्रेन,बस, ट्याक्सी र निजी सवारी साधन सुचारु रहने छन,

सूपर मार्केट , कम्बिनी स्टोरहरु, लाइफ़लाइन, खानपिन जन्य बस्तु र औषधी बिक्री गर्ने पसलहरु खुलै रहनेछन् ।

३,जापानमा गरिएको आपतकाल घोषणामा अन्य देशहरु जस्तो लकडाउन गरेको अवस्था हैन,यहाँ हिडडुलगर्न बन्देज गरेको छैन १

४,दैनिक आवश्यक पर्ने अतिआवस्यक सामान खरीद गर्न र काममा जान सकिनेछ ।  अतिआवश्यक काम बाहेक घरमा बस्न सरकारल् अनुरोध गरिएबो छ ।

  • आपतकाल घोषणासंगै निम्न आर्थिक सहयोग प्याकेज 
  • ५,साना तथा मझौला निजी कम्पनीले व्यवसायहरु बन्द  गरेर सहयोग गर्ने कम्पनीलाई, कम्पनीमा कार्यरत कामदारहरुलाई कामबाट ननिकाल्ने सर्तमा स्थयी स्टाफ र पार्ट टाइमर समेत लाई हाल पाऊने तलब को ९० प्रतिशत सम्म अनुदान दिने  एकजनालाई एकदिनको बढिमा ८३३० येनसम्म (स्थायी स्टाफको हकमा स्याकाई होकेनमा समावेश भएको हुनू पर्ने हुन सक्छ, सम्बन्धित निकाएमा सम्पर्क गर्नु होला )
  • ६,साना तथा मझौला कम्पनीलाई कम्पनीले फिर्ता गर्न नपर्ने गरी बढिमा २० लाख अनुदान दिनेछ १ त्यस्तै कम्पनी नखोलि ब्यक्तिले ब्यवसाय गरेकाहरुको लागी बढ़ीमा १० लाख सम्म फिर्ता गर्न नपर्ने गरी अनुदान दिने ( नेपाली रेस्टुरेन्ट ब्यवसायहरुले पनी सम्बन्धित निकायमा सम्पर्क गर्नु होला ।  जनवरी २४ तारीख़ देखी जून ३० तारीख़ सम्म आम्दानी ५० ५ कम भएको अबस्थामा लागू हुने )
  • ७,माथी उल्लेखित बाहेक, कम्पनी ले ५ वर्ष को लागी निर्ब्याज़ी ऋण समेत लिन सक्नेछ ।
  • ८,आम्दानी कम हुने परिवारलाई बढी मा ३ लाख येन अनुदान दिने भनिएको छ, सम्बन्धीत वार्ड, नगरमा सम्पर्क गर्नु होल ।

@डा.राम गिरीको सपोर्टमा