टोकियो । जापानमा रहेर ५ वर्षदेखि ट्राभल्स क्षेत्रमा काम गरिरहेको रेडबड ट्राभल्सले नेपालमा पनि आफ्नो ब्रान्च सुरू गरेको छ।
नेपालमा आईतबार एक औपचारिक कार्यक्रम गरी कम्पनीले आफ्नो ब्रान्चको सेवा सुरू गरेको हो ।
कान्तिपथबाट सुरू गरिएको ब्रान्चले जापान, इन्डोनेसिया, युएई, माल्दिब्स, भीयतनाम, थाईल्यान्ड, युरोप लगायतका देश घुमाउनको टुर प्याकेजिङको व्यवस्थाका साथै संसारभरको हवाईटिकट बुकिंग सेवा उपलब्ध गराउने रेडबडका सिइओ नारायण रिमालले बताए।
उनका अनुसार कम्पनीले एयर टिकट, ट्राभल्स प्याकेज लगायतका कामहरू गर्ने जानकारी दिए।
आफूहरूले अस्ट्रेलियामा पनि ट्राभल्स सुरू गरिसकेको र यसै वर्षदेखि युएई र स्पेनमा पनि सुरू गर्ने योजना रहेको उनको भनाइ छ। ‘हामीले जापानबाट पनि युरोप, मलेसिया, सिंगापुर,इण्डोनेसिया,भीयतनाम लगायतका देशका लागि टुर प्याकेज गराइरहेका छौं। अब जापानिज पर्यटकलाई नेपाल ल्याउनका लागि लाइसेन्सको प्रक्रिया भइरहेको छ,’ उनले भने, ‘जापानिज पर्यटकलाई नेपाल ल्याउन लाइसेन्स चाहिन्छ। यो अन्तिम चरणमा पुगेको छ।’
नेपालीहरूको बसोबास धेरै भएको देशहरूमा शाखा बिस्तार गर्दै लैजाने योजना रहेको रिमालले बताए।

