Nepali date


मङ्लबार, चैत्र २५, २०७६

भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन मार्च १७ मा हुने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन हुने छ । जापानको राजधानी टोकियोमा मार्च १७ तारिख साँझ ५ बजेबाट प्रथम अधिवेशन हुने भएको हो ।

नेपाली भलिबल प्रेमीहरुलाई एकिकृत गर्ने उद्धेश्यले भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन गर्न लागेको संघका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।  जापानमा रहेर पनि लामो समयदेखि नेपालको भलिबलमा सहयोग पुर्याउँदै आएका भलिबल संघका अध्यक्ष गुरुङले जापानमा खेलप्रेमीहरुको लागि सहयोगदेखि भलिबल च्याम्पियन समेत गरेका छन् ।

नेपालको भलिबल संघको विकास र विस्तारमा सहयोग पुगोस् भन्ने उद्देश्का साथ विभिन्न देशमा गठन भइरहेका सम्पर्क समितिलाई मान्यता दिदै आएको छ । नेपाल भलिबल संघ जापान शाखाको प्रथम अधिवेशनले जापानका नेपाली भलिबलप्रेमीहरुलाई एकिकृत र भाईचारा बनाउने जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: