Nepali date


बुधबार, फाल्गुन १४, २०७६

मुख्यमन्त्री गुरुङ र सांसद पहारीद्धारा हिमपहिरोको स्थलगत अवलोकन

पोखरा । गत शुक्रबार अन्नपूर्ण पदयात्रा क्षेत्रको हिम पहिरोमा भएको धनजनको क्षति तथा वस्तु स्थितिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,सांसद राजिव पहारी लगाएतको टोलीले स्थलगत अवलोकन गर्नु भएको छ  ।

आज विहिवार निरिक्षण पश्चात उद्दार टोली तथा सुरक्षाकर्मीलाई मुख्यमन्त्री गुरुङले आवश्यक निर्देशन दिनु भएको छ । साथै मुख्यमन्त्री गुरुङ र सांसद पहारी त्यहाँका वडाध्यक्ष हिम गुरुङले प्राकृतिक विपत्तीले ल्याएको घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ  ।

हिमपहिरो अन्नपुर्ण पदयात्रा क्षेत्रको देउरालीबाट करिब ३२ सय मिटरको उचाईमा रहेको हिङकु केभ वरिपरि गएको पहिरोमा परि ३ जना नेपाली र ४ विदेशी गरि ७ जना बेपत्ता भएका थिए । उनीहरुको खोजी कार्य तिब्र बनाईएपनि अझै पत्ता लगाउन सकिएको छैन ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएपनि नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर  तामाङ र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: