बिहिबार, असार ११, २०८३

एकता मञ्च जापानले शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै

टोकियो । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा प्रवासी नेपाली एकता मञ्च,जापानले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

जापानको राजधानी टोक्योमा जनवरी २ तारिख एक समारोहको बीच शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।

नया बर्ष २०२० को अवसरमा  रात्रीभोज तथा शुभकामना आदान९प्रदान कार्यक्रम संघीय सांसद एबम् पूर्व मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा,नुवाकोट ज़िल्ला कमिटी सचिबालय सदस्य कृष्ण प्रसाद लामिछानेसमेतको उपास्थिति हुने जनाएको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था र प्रवासी नेपालीको समस्या लगाएको विषयमा छलफल हुने पनी जानकारी दिनुभयो ।

कार्यक्रम

Date : 2020-01-02

Time : 6:30-10:00 pm

Adress : Maya Restaurant,Gotanda 東京都品川区東五反田5-28-12