टोकियो । नेपाली ब्यवसायी संघ जापानले गैरआवासीय नेपाली संघ एनआरएनमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार नेपाली ब्यवसायी संघका अध्यक्ष बिजय थकालीको अध्यक्षतामा टोक्योमा आयोजित बधाई तथा सम्मानमा एनआरएन आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठ, मानार्थ सदस्य कपिलदेव थापा,सदस्यद्धय ददिवल खड्का,इन्दिरा सुजुकी लगाएत एनआरएन जापानका अध्यक्ष देलिाल भण्डारी,वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महिला उपाध्यक्ष सविता श्रेष्ठ,महासचिव जनकविक्रम शाही,कोषाध्यक्ष कालिका थापा,महिला संयोजक संगिता सुवेदी,प्रवक्ता सिद्धार्थ श्रेष्ठ साथै नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव शान्तकुमार पहरी सम्मान गरिएको थियो ।
नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले ब्यवसायी संघले जापानमा नेपाली ब्यवसायीहरुको हक हितका लागि धेरै काम गरिरहेको बताउँदै जापानको कानुनमा रहेर अघि बढ्न अनुरोध गर्नु भयो ।
नेपाली ब्यवसायी संघ जापानका सचिव बाबुराम पौड्यालले संचालन गरेको कार्यक्रमलाई कोषध्यक्ष नरबहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । 

