बिहिबार, बैशाख १०, २०८३

मोहन ड्रागन जापानकै चर्चित किक वक्सिङ बिगव्याङमा भिडदै

टोकियो  । जापानमा किक बक्सिङमा चर्चित नेपाली खेलाडी मोहन महर्जन ड्रागनले दुई वर्षपछि फेरि अर्को बिगव्याङमा भिडने भएका छन् ।

दुई वर्ष अघि टोकियोमा भएको के वान टाईटलमा सहभागि भएका मोहनले पुनः आफ्ना जापानी समर्थकका लागि बिगव्याङ टाईटलमा मुख्य आकर्षणका रूपमा मैदानमा भिडन लागेका हुन् ।

मोहनले टोकियो डोमको कोराकोएन हलमा आगामी डिसेम्वर २९ तारिख आइतबारका दिन जापानका अर्का चर्चित खेलाडी ज्योजीसंग भिडने छन् ।

जापानकै प्रतिष्ठित प्रतियोगिता भएकाले बिगव्याङको ३७ औं संस्करणमा मुख्य आकर्षणका रूपमा सहभागिता जनाउन लागेको जानकारी दिए । ६६ किलो तौल समूहबाट खेल्न लागेका हुन ।

मोहन सहभागी खेल २९ तारिख आइतबार प्रतियोगिताको मूख्य आकर्षण खेल भएकाले खेल तालिकाको अन्तिम समयसम्म पर्खनु पर्नेछ ।

सो अवसरमा सहभागि भई समर्थन र हौसला बढाइदिनका लागि जापानवासी नेपालीहरूमा मोहनले अनुरोध गरेका छन् ।