शनिबार, बैशाख १९, २०८३

नेपाली युवाहरुद्धारा जापानमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै

टोकियो । यूर्थ कर्पोरेशन नामक एक सस्थाले २८ तारिख जापानको राजधानी टोकियोको सिन्जुकु स्टेशनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्दै जापानीज लगायत अन्य देशका नागरिकहरूलाई नेपाल भ्रमण गर्न निमन्रणा गरेको छ ।

यस संस्थाले बनाएको ज्याकेटमा Visit Nepal 2020 life time experience लेखिएको साथै नेपाल र जापानको झन्डा पनि  प्रिन्टेट गरेको छ । परदेशमा  रहेर पनि आफ्नो देशको सरकारले गरेको राम्रो कामको लागि सहयोग र समर्थन गर्दै आफ्नो देशको समृद्दिको लागि सहयोग गर्नु  असल नागरिकको कर्तव्य भएको कुरा यस सस्थाका सदस्य बताउछन् । यो संस्था विदेशमै वसेर पनि भविस्यमा व्यवसायिक काम गर्दै स्वदेसमा केहि रोजगारिका अवसर सृजना गर्ने उदेश्यले गठन गरिएको संस्था हो जसमा जापानका विभिन्न कम्पनीमा काम गर्ने १० जना सदस्य छन । यो संस्थामा कुनै पद छैन  सबैले एक मन भएर सकरात्मक रूपमा काम गरिरहेको कुरा संस्थाका एक सदस्य मदन चापागाईले जानकारी गराए ।

आजको कार्यक्रम बाट धेरै जापानीज र अन्य देशका नागरिकले ‘नेपाल भ्रमण वर्ष’ बारे निक्कै चाख लिएका थिए । आउनुस सबै मिलेर २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको अभियानलाई साथ दिऔ । विदेशमा भएका सबै नेपाली आफ्नो देशको राजदुत हो भन्ने सोचका साथ काम गरेको चापागाईले बताए  ।