टोकियो । गैरआवासीय नेपाली संघ जापान र नेपाली दुताबास जापानबीच नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन एक आपसमा सहकार्य गरि अघि बढ्ने निर्णय भएको छ ।
बिहिबार राजदुत प्रतिभा राणाको अध्यक्षतामा गैरआवासीय नेपाली संघ जापानका प्रतिनिधी र राजदूतावासविच राजदूतावासमा एक औपचारिक बैठक बसी सो निर्णय गरिएको एनआरएनए जापानका महासचिव जनक विक्रम शाहिले जानकारी दिए । उनले भने-‘राजदुतावासले बोलाइएको उक्त बैठक बिशेष गरी नेपाल सरकारको २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय बारेमा केन्द्रित रह्यो ।
शाहीका अनुसार भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको निर्णय तथा परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम नेपाली कुटनैतिक नियोगहरुले नियोग रहेको मुलुकमा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम आयोजना गर्ने निर्णय अनुसार यही आउदो ७ जनवरी २०२० मा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमको आयोजना गर्ने भ्रमण वर्ष अवधिभर शृखंलाबद्द रुपमा पर्यटन प्रवर्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने र सो,कामका लागि राजदूतको संयोजकत्त्वमा एनआरएनए जापानको कार्यसमिति, जापानबाट एनआरएनए आइसीसीका पदाधिकारी तथा सदस्य,एनआरएनए जापानको क्षेत्रीय समितिका संयोजक,संघ संस्थाका प्रमुख, राजनैतिक दलका भातृ संगठन प्रमुख, पत्रकार महासंघ जापान, बुद्धिजीवी,जापानस्थित एभरेस्ट नेपाली स्कुलको प्रतिनिधी,पर्यटन व्यवसायसंग सम्बन्धीत ब्यतित्त्व सदस्य रहने गरी एक मूल आयोजक समीती गठन गर्ने निर्णय गरिएको छ ।
उक्त समिति गठनको लागि एनआरएनए जापानले अन्य सम्बन्धित सबैसंग समन्वय गर्ने विभिन्न कार्यक्रमहरुको तयारी लगायत दूतावास र एनआरएनए एकआपसमा निरन्तर सम्पर्कमा रहि कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताईएको छ ।

