बिहिबार, बैशाख १३, २०८१

होटल व्यवसायी संघ रामेछापको अध्यक्षमा पुन: शेखरमान श्रेष्ठ चयन

रामेछाप । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापको अध्यक्षमा फेरी पनि शेखरमान श्रेष्ठ चयन भएका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा भएको संघको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले एस.एस.एभरग्रीन गेष्ट हाउसका संचालक श्रेष्ठको नेतृत्वमा २१ सदस्यि नयाँ कार्यसमिति चयन गरेका हुन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुफटप भोजनालय एण्ड लजका संचालक दिनेश कार्की, प्रथम उपाध्यक्षमा होटल स्वागतमका संचालक दोर्जे लामा , द्धितिय उपाध्यक्षमा भि.आई, पी.मःमः सेन्टरका संचालक दिनेश श्रेष्ठ , महासचिवमा जि.एस होटलका संचालक सुदिप देवकोटा चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सचिवमा हिमालयन फाष्ट फुट एण्ड भोजनालयका संचालक अनिल खत्री ,कोषाध्यक्षमा शैलुङ डडुवा फाष्ट फुड एण्ड लजका संचालक कबिन्द्र लामा , सहकोषाध्यक्षमा सोलमारी भोजनालयका संचालक कृष्ण चौलागाई चयन भएको रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका महासचिव सुदिप देवकोटाले जानकारी दिए ।
रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापको अध्यक्ष शेखरमान श्रेष्ठको अध्यक्षता होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं ३ का अध्यक्ष सन्तोष उप्रेतीको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको विशिष्ट आतिथ्यतामा भएको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट ११ जना कार्यसमिति सदस्य पनि चयन भएका छन् ।
बाकि रहेका २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।
कार्यक्रममा रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाका लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीहरु र संघका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।