शुक्रबार, बैशाख १४, २०८१

वाग्लुङ समाज जापानको कराते खेलाडीलाई सम्मानसहित सहयोग

टोकियो । बाग्लुङ समाज जापानले नेपालबाट कराते वल्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल भएका कराते टोलीलाई टोकियोमा सम्मान गरेको छ ।

खेलाडिलाई खेलप्रति अझै प्रोत्साहन गर्ने उदेश्यले एक डिनर कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको वाग्लुङ समाज जापानका अध्यक्ष सिद्दार्थ श्रेष्ठले जानकारि दिनुभयो ।
खेलकुदको विकास र विस्तार तथा खेलकुद सामग्रि खरिदका लागि सम्मान स्वरूप तिस हजार नगद प्रशिक्षक कृष्ण प्रसाद कडेललाई हस्तान्तरण गरीएको थियो ।

जापानको ओकिनावामा सम्पन्न भएको वल्ड च्यायाम्पीयन प्रतियोगितामा कराते टोलीले दुई रजत र दुई कांस्य गरि चार पदक प्राप्त गरेका थिए ।
सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले खेलाडिहरु देशकै शान भएकोले खेल क्षेत्रमा अझ मेहनत गर्दै अनुशाशित भई राष्ट्रको शिर उच्च पार्न खेलाडिहरुलाई सफलताको लागी शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम समाजका सचिब राजु केसिले सञ्चालन गर्नुभएको थियो ।