टोकियो । तमु धीं जापानको आयोजनामा हुन लागेको २३ औ रोधीं साँझ तथा रजत जयन्ति २०१९ को लागि चर्चित हास्य कलाकार फुलन्देको आमा (उमेश राइ) लोक तथा दोहोरी गायिका सबिना गुरुङ टोकियो एरपोर्टवाट फर्काई दिएका छ ।
तमु धीं जापानको रोधी साँझ लोकप्रिय पप तथा आधुनिक गाएक सर्बज्ञमान साक्य र गायिका काजल गुरुङले तताउने भएका छन् ।
तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिबन्त राख्न हरेक वर्ष रोधीं,ल्होसार जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ ।
अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत,परिमार्जित र जिबन्त राख्न आफ्नो स्थापना कालको २५ वर्ष पुरा भएको अबसरमा संस्थाले रजत जयन्ती तथा रोधी साझको अन्तिम तयारी गरिरहेको कार्यक्रम संयोजक युक्तमान गुरुङले बताउनुभयो ।
बिदेसमा रहेका नेपालीहरुको समस्याप्रति प्रतिबद्ध रहनुका साथै भैपरि आउने समस्यप्रती सधै साथ दिदै आइरहेको छ । यसरी हरेक नेपालीको दुख-सुखमा साथ दिदै अनबरत यात्रामा दौडिरहदा आफ्नो २५ बर्षे लामो गौरबमय इतिहास बनाई सकेको तमु धी जापानको रोधी साँझ तथा रजत जयन्ती बिशेष हुने महासचिब चित्र गुरुङले बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा आएर अध्यागमन विभाग हानेदाले प्रवेआज्ञा नदिएपछि तमु धीं जापानका अध्यक्ष अनिता गुरुङ ,महासचिव चित्र गुरुङ र कार्यक्रम संयोजक युक्तमान गुरुङको हस्तक्षर प्रेस विज्ञप्ति प्रकाशन गरि यस सयमसम्म साथ सहयोग गर्ने सबैमा धन्यावाद कार्यक्रम हुने तमु धिं जापानकी अध्यक्ष अनिता गुरुङ जानकारी दिनुभयो ।
जापानकै समाजहरुको भिडमा एक कृयशिल, स्थापित र एेतिहाँसिक संस्था तमु धीं जापानले आफ्नो स्थापना कालको २४ वर्ष पुरा गरि २५ औं वर्षमा पाईला टेकेको सुखद उपलक्ष्यमा २३औं रोधीं साँझ तथा “रजत जयन्ती” मनाउन गइरहेको विभिन्न मिडिया तथा सामाजिक संजलहरु मार्फत प्रचार(प्रसार भैसकेको सम्पुर्णमा विदितै छ । यस अवसरमा समाचार संप्रेषण गरि प्रचार(प्रसार गरिदिनुहुने संचारकर्मी,आर्थिक पाटोलाई सबल पार्नका लागि सहयोग गर्नुहुन् विभिन्न व्यवसायिक कम्पनी, संघ संगठन, समाज र सहयोगीदाताहरुमा हृदयदेखि नै तमु धीं जापानले कृतज्ञता ज्ञापन गरेको छ ।
उक्त एतिहासिक अवसरमा यहाँहरु सम्पुर्णको मनोरन्जनार्थ वर्षकै सर्वाधिक चर्चित कलकार उमेश राई (फुलन्देकी आमा) र चर्चित लोक तथा दोहोरी गायिका सविना गुरुङलाई आमन्तरण गरिएकोमा नेपालस्थित जापानी राजदुतावासले प्रवेआज्ञा जारी गरेता पनि हनेदा अन्तराष्ट्रीय विमानस्थल स्थित आध्यगमन केन्द्रले प्राविधिक त्रुटि देखाई प्रवेआज्ञा नदिएकोले उहाँहरु विमानस्थलवाटै नेपाल फर्किनु परेको कुरा यहाँहरुलाई अवगत गराउनु पर्दा हामी आयोजक संस्था तमु धीं जापानले अत्यन्तै दुख ब्यक्त गरेको छ ।
समय र परिस्थितिले उहाँहरुको उपस्थिति नरहे पनि पुर्व उद्घोषित कार्यक्रम सोही स्थान, समय र मितिमा चर्चित लोक तथा दोहोरी गायिका काजल गुरुङ,चर्चित पप तथा आधुनिक गायक सर्वज्ञमान शाक्य र स्थानिय कलकारहरुको वेजोड प्रस्तुति सहित हुने जानकारी गराउँदै सम्पुर्णमा गरिमामय उपस्थितिको लागि तमु धीं जापानले विनम्र अनुरोध गरेको छ ।


