जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा दिनेश गुरुङले अध्यक्ष पदमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन ।
स्याङ्जा जिल्लाको पर्यटकीय गुरुङ गाउँ दरौ-शिरुबारीमा जन्मिएका व्यवसायी तथा सामाजिक अभियान्ता गुरुङले गैरआवसीय नेपाली संघ जापानको नेतृत्वमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सूर्योदयको देश जापानबाट नेपालले लिन सक्ने अधिकतम सहयोग र देशको बिकासमा जापानले गरेको प्राविधिक बिकासबाट सिक्दै जापानको प्रविधिलाई नेपाल भित्र्याउनका लागि उचित वातावरण निर्माण गर्न गैरआवासीय नेपाली संघ जापानमा आफ्नो नेतृत्वको टिम आवश्यक रहेको भन्दै यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
एनआरएनए जापानको तेस्रो कार्यकालमा कोषाध्यक्ष निर्वाचित भई सफल कार्यकाल निर्वाह गरिसकेका गुरुङ अहिले आइसीसी सदस्य पदमा क्रियाशिल रहेका छन् ।
एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो दावी गरेका गुरुङले जापानमा रहेका सबै नेपालीलाई लक्षित गरी ’नेपाल हाउस’ निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुको जापान बसाईलाई सहज बनाउन एनआरएन जापानले सहयोगी भूमिका खेल्ने वातावरण निर्माण गर्ने बताए । नेपाल हाउसभित्र नेपालमा लगानी भित्र्याउन र भ्रमणमा जाने जापानीहरुलाई नेपाल सरकारको सहयोगी बनि उनीहरुलाई नेपालका बारेमा जापानी भाषा मै जानकारी दिने व्यवस्था गर्ने लक्षकासाथ आफुले काम गरेर देखाउने गुरुङको दावी छ ।
त्यसैगरी जापानमा रहेका नेपाली विद्यार्थीहरुका समस्या सुनुवाई हुने थलोको आवश्यक रहेकोले ’सहयोग डेक्स’ निर्माण गरी समाधानका उचित पहलहरु गरिने, नेपाल हाउस भित्र जापानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्ने सबै पूर्वाधारको निर्माण गर्ने आफ्नो लक्ष रहेको उनले बताए ।
जापानमा रहेका नेपालीहरु माझ सहयोगी तथा समयअनुसार आफुलाई ढाल्न सक्ने खुबी भएका व्यवसायी गुरुङ नयाँनयाँ क्षेत्रमा जोखिम मोल्न सक्ने व्यवसायी मानिन्छन् । तमु धीं जापानको अध्यक्ष समेत भईसकेका गुरुङ स्याङजा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सरंक्षकको भूमिकामा रहेका छन् ।

