Nepali date


मङ्लबार, कार्तिक ५, २०७६

मन्थली माथिको खुला पहाडमा वृक्षारोपण महाअभियान सुरु

रामेछाप, कैलाश खत्री ।
रामेछापको सदरमुकाम मन्थली स्थित बसपार्क माथिको खुला पहाडमा वृक्षारोपण गरिएको छ । सोमबार रामेछापमा क्रियाशिल सामाुदायिक संस्थाहरुको पहलमा वृक्षारोपण गरिएको हो ।

सामुदायिक विकास समाज मन्थली , सृजनशिल यूवा समाज चिसापानी , सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार लगाएत संस्थाहरुका प्रतिनिधिहरुले वृक्षारोपण गरेका हुन् । मन्थली नगरपालिकाको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा मन्थली बसपार्क क्षेत्रका स्थानीयहरु , व्यापारी लगाएतको पनि सहभागिता रहेको थियो ।
विरुवा नभएको सुख्खा पाँखोमा मन्थलीको हावापानी सुहाउँदो बकाइनो , चिउँरी ,निम र क्यासियो लगाएतका विरुवा रोपिएको सामुदायिक विकास समाज सि।डि।एसका कार्यकारी निर्देशक एवं गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य मिलन कुमार घिसिङले जानकारी दिए । उनले वृक्षारोपण महाअभियान अन्र्तगत सोमबार ५ सय भन्दा बढि विरुवा रोपिएको बताए । मंगलबार सदरमुकाम मन्थली माथिको सुख्खा पहाडी क्षेत्रमा विरुवा रोप्ने पुर्व तयारी अनुरुप दश हजार विरुवा रोप्ने खाडले तयार गर्ने योजना रहेको घिसिङको भनाई छ ।
यसका लागि मंगलबार बिहान ६ बजेबाट खाडल खन्ने कार्यक्रम सुरु गरिने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया