Nepali date


शुक्रबार, साउन ३, २०७६

दोस्रो मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिता जापानमा हुने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेक्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिता संचालनको लागी नेपाल भलिबलसंग जापान शाखाका अध्यक्ष नबिन गूरूङको संयोजकत्वमा बिभिन्न उपसमिति सहितको मुल आयोजक समितिको गठन गरिएको छ ।
भलिवल संघ जापान शाखाद्वारा दोस्रो पटक मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम हुने टिमको लागी जापानिज तीन लाख दश हज़ार येन नगद पदक र प्रमाण, दितिय हुने टिमको लागी दुई लाख दश हज़ार येन नगद पदक र प्रमाण पत्र का साथै उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई बिभिन्न बिधामा पुरस्कृत गरिने जनाएको छ ।

नेपालको रास्ट्रिय खेल भलिबल खेलको माध्यमबाट जापान भित्र रहेका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउदै सदभाब र भाईचारा बिस्तार गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको छ ।

सोही फ़ाइनलको दिन दुई महिला प्रतियोगिता पनी गरीने संघका अध्यक्ष गुरुङ्ले जानकारी दिनु भयो ।
उक्त खेल प्रतियोगिता सफल बनाउनको लागी खेलाडी, खेलप्रेमी,जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजकका तर्फ देखी आर्थिक नैतिक र भौतिक सहयोगका लागी अनुरोध समेत गरिएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया