Nepali date


शुक्रबार, साउन ३, २०७६

लमजुङको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तराष्ट्रियस्तरको फिल्मसिटी बन्ने

बेंसीसहर । लमजुङको बेंसीसहर नगरपालिकाको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तराष्ट्रिय(हलिउड)स्तरको फिल्मसिटी बन्ने निश्चित भएको छ ।

काठमाडौंमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा मंगलबार फिल्मसिटी निर्माणका लागि स्काई ईन्टरटेन्मेन्ट ईन्भेष्टमेन्ट प्रालिका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारी र ईटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुवै कम्पनीबीच हस्ताक्षर भएसँगै बेंसीसहरमा ‘वल्र्डस्काई सिने भिलेज’ नामको फिल्मसिटी बन्ने निश्चित भएको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटा, नगरप्रमुख अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी लगायतको रोहवरमा दुई कम्पनीका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै निर्माण कम्पनी दर्ता गरी ९ महिना भित्र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र अन्य कामहरु प्रकृयागत ढंगले गर्दै जाने नगरप्रमुख अर्यालले बताए ।
नगरले आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय र पर्यावरणीय महत्वले भरिपूर्ण सो क्षेत्रमा पार्क वा फिल्म सुटिङ पार्क निर्माण गर्ने सोंचका साथ छलफल अघि बढाउँदै जाँदा अन्तराषर््िट्रयस्तरको फिल्मसिटी निर्माण हुने भएको हो ।
४ देखि ५ वर्षमा सम्पन्न गरिने फिल्मसिटी निर्माणका लागि ५ अर्व ९० करोड रुपैयाँ लाग्ने जनाइएको छ । फिल्मसिटी निर्माण सँगै अन्र्तराष्ट्र्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायांकन र सम्पादन स्टुडियोको सुविधा उपलब्ध हुने स्काई ईन्टरटेन्मेन्टका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार सो क्षेत्रमा पाँच तारे होटका साथै अन्य पर्यटकीय पूर्वाधार समेत निर्माण गरिनेछ । यसबाट स्थानीयस्तरमा रोजगारीको सिर्जना हुनुको साथै सरकारले राजश्व प्राप्त हुने हुँदा आर्थिकरुपमा निकै लाभदायक हुने उनको भनाई छ ।

फिल्मसिटी निमार्णका लागि नायक तथा निर्देशक समेत रहेका चलचित्रकर्मी आकाश अधिकारीले नगरपालिका सँग समन्वय गर्दै ईटाली कम्पनी वल्र्ड एरिया होल्डिङ कम्पनीसँग यो विषयमा कुरा गरेका थिए । अधिकारीले पटक–पटक सो क्षेत्रको स्थलगत अवलोकन गरि सम्भाव्यता अध्ययन गरी वल्र्ड एरिया सँग समन्वय गरेपछि यही आइतबार ती दुई कम्पनीका प्रतिनिधि र नगरपालिकाका तर्फबाट संयुक्तरुपमा स्थलगत अवलोकन समेत गरेका छन् । नगरप्रमुख अर्याल, उपप्रमुख अधिकारी, वडाध्यक्षहरु सुर्यकुमार श्रेष्ठ, लालबीर गुरुङ, बमबहादुर गुरुङ, कार्यपालिका सदस्य अजय मजाकोटी, स्काई ईन्टरटेन्मेन्टका अध्यक्ष अधिकारी, सदस्य सुनिल कटवाल, वल्र्ड एरिया होल्डिङका इञ्जिनियर फ्रान्सिस्को, आर्किटेक्चर वर्नान्डो ब्राण्डीमार्की र दुवै कम्पनीका कोअर्डिनेटर राजेशकुमार पुरी, सञ्चारकर्मी र स्थानीयबासी लगायतका सरोकारावालाहरुले स्थलगत अध्यन अवलोकन गरेका हुन् ।

सो क्षेत्रको मिलेको भौगोलिक अवस्थिति, अधिकाँश भूभागमा जंगल, विच–विचमा फराकिला खर्क, खुलामैदान, त्यहाँबाट देखिने हिमाली दृश्य, स्थानीय जनजीवन, रहनसहन परिवेश, वातावरणीय र पर्यावरणीय अवस्था सबै हिसाबले फिल्मसिटी निर्माणका लागि उपयुक्त देखिएको प्रतिकृया पाएको नगरप्रमुखले बताए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया