Nepali date


शुक्रबार, साउन ३, २०७६

रामेछाप जिल्लाकै पहिलो नमुना बस्ति दोरम्बाको गुन्सालमा निर्माण हुँदै

मन्थली । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ५ गुन्सालमा ३५ घरलाई भूकम्पले भग्नावशेषमा परिणत गरिदिएपछि अहिले रामेछाप जिल्लाकै पहिलो नमुना बस्ति दोरम्बाको गुन्सालमा निर्माण हुन लागेको छ ।
मनमोहक र सुन्दर गाँउ गुन्साल एकै झड्कामा भग्नावशेषमा परिणत हुँदा के युवा के वृद्ध के बालबालिका सबैमा एक किसिमको सन्नाटा छाएके अहिले नमुना बस्ती निर्माण हुँदै गर्दा गाउलेमा खुशियाली छाएके छ ।

२०७२ वैशाख १२ गते गएको भूकम्पले देशभर जनजीवन प्रभावित बनायो । भूकम्पले सामूहिक भावनाको विकास गर्न सायद उक्त भूकम्पले समस्यासंगै केहि सामाजिक रुपमा राम्रो संस्कार सिकाएको पनि छ ।

रामेछापको दोरम्बा पनि भूकम्पका कारण प्रताडित हुन पुगेपछि सामुहिक रुपमा काम गर्न इक्छुक देखिएका थिए । दोरम्बा गाउँपालिका वडा नम्बर ५ गुन्सालका ३५ घरलाई भूकम्पले भग्नावशेषमा परिणत गरिदिएको थियो ।

गुन्साल सबैको एकीकृत प्रयान नभई उठ्नै नसक्ने गरी थलियो । यसलाई बुझेर युवाहरुले स्थापना गरेको सामाजिक संस्थामार्फत एकीकृत रुपमा गतिविधिलाई सकृय बनाउँने निधो गरे र त्यसै अनुरुपको योजनामा लागेका थिए ।
योजना निर्माण भएसँगै ‘सेती देवि जनजागृति युवा समाज’ले आफ्नो गाउँलाई पुनर्जीवन प्रदान गर्ने जिम्मेवारी सम्झेर विभिन्न निकाउसंग हात जोडेर गुन्सालमा रहेको ३५ घरलाई नमुना बस्ति बानाउन लागी ३ करोड पचास लाख लाग्ने अनुमान गरेर काम सुरु गरेका हुन । ‘सबै पैसा स्थानीयको सहयोग र साथमा जम्मा गर्न गाह्रो थियो युवा समाजका सचिव प्रज्वल श्रेष्ठ भन्छन्, ‘जिल्ला प्रसाशन कार्यलय र दोरम्बा गाँउपालिका र अन्य निकायको साथ सहयोगमा निर्माया कार्यले साथ पाएको बताए ।
प्रमुख जिल्ला अधिकारी र दोरम्बा गाँउपालिका प्रमुखको आतिथ्यतामा शिलन्यास गरी निर्माण सुरु गरेको उक्त बस्ति रामेछाप जिल्लाकै पहिलो नमुना बस्तिको रुपमा निर्माण हुँदै छ ।

वस्ती पुर्णरुपमा बालमैत्री, अपागंमैत्री संरचनामा निर्माण गरिने निर्माण खटिएका विनोद पहरीले बताए ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानशिंह मोक्तान नमुना वस्ती निर्माण सुरु हुनलाई जिल्लाकै राम्रो कामको रुपमा यस कार्यमा सबै प्रकारको सहयोगका लागि गाउँपालिका तयार रहेको बताए । गुन्सालमा मात्र नभई अरु ठाउँमा पनि यस्तो वस्ती विकास हुनु आवश्यक रहेको उनले बताए । अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाले सबै वडामा यस्तो वस्ती विकास गर्ने तयारी गरेको छ ।
उनका अनुसार यो पहिलो कदम हो । पहिलो कदम भएकाले गुन्सालको वस्ती निर्माणमा प्रत्यक्ष निगरानी गरिरहेको उनले बताए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया