बुधबार, बैशाख १२, २०८१

जिल्ला प्रहरी कार्यालय परिषरमा वृक्षारोपन

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । शनिबार मन्थली नगरपालिका वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय रामेछापको कम्पाउण्ड एरियामा विभिन्न जातका विरुवा रोपिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईसहितका प्रहरी अधिकृत र जवानहरूले विभिन्न प्रजातिका बोट विरुवाहरू रोपेका छन् ।