Nepali date


शनिबार, भदौ ७, २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रम: शैलुङको सडकमा सोलिङ हालेर नमुना काम

चरिकोट । दोलखा जिल्लाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव उल्लेख्य देखिएको छ । गाउँपालिका अध्यक्ष भरत दुलालले आफ्नो पालिकामा आएको रकम जनतामा खुसी भर्ने माध्यम बनाउने योजनाका साथ काम अघि बढाएपछि प्रधानमन्त्री रोजगारअन्तर्गत सडक निर्माण गरेर सवैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्रधानमन्त्री रोजगार अन्तर्गत पालिकामा आएको ३ लाख ६६ हजार रुपैयाबाट स्थानीय रोजगारी दिई एक सय घनमिटर सडक निर्माण गराको बताएको छन् । अहिले कार्यक्रम अन्तर्गत गालिकाको वडा नम्बर १ दुघपोखरीमा धमाधम सडकमा ढुंगा सोलिङ हाल्ने काम भइरहेको छ । मुलुकभर प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारमा उत्साह छाइरहेको बेला शैलुङले देखाएको कामले भने सवैका लागि नमुना बनेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममाथि ब्यंग्य गर्नेहरुका लागि शैलुङको कामले गतिलो जवाफ पनि दिएको छ । सही सदुपयोग होस भन्ने हाम्रो चाहना हो, त्यसैअनुसार काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई हामी आफ्नो पालिकामा सवैले अनुशरण गर्न योग्य बनाउनु पर्छ भनेर सवै निर्माणमा जुटनुभएको छ,’ शैलुङ गाउँपालिकाका अध्यक्ष दुलालले बताउनु भएको छ

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया