Nepali date


शनिबार, भदौ ७, २०७६

प्रचण्डलाई पोखराका व्यवसायी भने अभिभावकत्व लिइदिनुस

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार पोखराका व्यवसायीले आफूहरुको अभिभावकत्व लिइदिन आग्रह गरे । तत्कालीन पर्यटनमन्त्री रवीन्द्रको निधनपछि पोखरेलीले अभिभावक गुमाएको बताउँदै उनीहरुले प्रचण्डलाई अभिभावक बन्न आग्रह गरेका हुन् ।

पोखराका पर्यटन व्यवसायीले प्रचण्डसँग पर्यटनमन्त्री टुंगो लगाइदिन पनि आग्रह गरे । ‘मैले सुनें, हजुरलाई पोखरा माइती आएजस्तो लाग्छ । माइती पनि यही हो, घरको ठूलो अंश पनि यही हो,’पर्यटन व्यवसायी वासु त्रिपाठीले भने, ‘भीमादबाट चितवन जोड्न पाइयो भने हजुर माइत–घर घण्टामा गर्न सक्नुहुन्छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कार्यक्रम ल्याइरहेको छ । तर, पर्यटन क्षेत्र नै अभिभावकविहीन बनेको भन्दै छिटोभन्दा छिटो पर्यटनमन्त्री ल्याउने व्यवस्था मिलाउन पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । ‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भइसकेको अवस्थामा पर्यटन क्षेत्र अविभावकविहीन अवस्थामा रहेको लामो समय भएको सर्वविदितै छ,’ उनले भने,‘यस विषम परिस्थितिलाई मध्यनजर गरी छिटोभन्दा छिटोे पर्यटन मन्त्री चयन गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको विषय उठेको भन्दै पर्यटनमन्त्री पनि छिट्टै टुंगो लाग्ने बताए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया