Nepali date


बुधबार, असार ४, २०७६

रामेछापको जटापोखरी र पाँचपोखरी आवश्यक प्रचार नहुँदा ओझेलमा

गोकुलगंगा । रामेछापको गोकुलगंगा गाउँपालिकामा पर्ने जटापोखरी र पाँचपोखरी क्षेत्रलाई स्वर्गको एक टुक्रा मानिन्छ । प्रकृतिको वरदानको रुपमा रहेको सो क्षेत्र उचि प्रचारको अवभावमा ओझेलमा परेको छ । तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको सिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मीक पर्यटनको हिसावले प्रख्यात मानिन्छन् ।
गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा पर्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल यात्रा हिँड्नु पर्छ । चुचुरेको खहरेसम्म भने हिउँद र पानी नपरेको बेलामा यातायात चल्छन् । चुचुरेको शिवालायसम्म सदरमुकाम मन्थलीबाट बस सेवा नै सञ्चालनमा छ । रस्नालुबाट नै सुरु हुने उच्च पहाडी क्षत्रेको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहराहरुले यात्रीहरुको मन रमाइलो बताउँछ । राणाकालमा नै सञ्चलानमा आएर बन्द भएको नेपालकै सबैभन्दा गुणस्तरीय र दोस्रो ठूलो फलाम खानी पनि यहीँ जाने बाटोमा पर्दछ ।
लेकको चिसो मौशम र मनोरम दृश्यले त्यो खहरेको उकालेमा समेत यात्रीहरुलाई थकाइको माहशुस हुन नदिने उमाकुण्ड गाउँपालिकाको वाम्तिका समाजसेवी उपेन्द्रराज घिमिरे बताउँछन् । करिव ६ घण्टाको ठाडो उकालो पैदल यात्रा पछि मानेडाँडा पुगिन्छ । डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरो भित्र लुकामारी गर्दै चरि रहेका चौरीलाइ खरहेरमा भेटिन्छ । मानेडाँडाबाट दुई घण्टाको दुम्स्याईलो बाटो पार गरेपछि स्वर्गको एक टुक्रा अर्थात् जटा पोखरी पुगिन्छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलाको सिरमा पुगेर खिम्ति खोला पार गरेपछि जटापोखरी पुगिन्छ ।

४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी एउटा हिम ताल नै हो । जहाँ वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्र हिउँ पग्लन्छ । नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटा पोखरी भनिएको स्थानीय बताउँछन् ।
पाँच पोखरी भने जटापोखरी भन्दा पनि माथि छ । जटापोखरीको ठ्याक्कै माथि रहेको पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । एउटै पोखरीमा बिचबिचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई ५ वटा कुण्डमा विभाजन गरेको छ । यो पोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ । जटापाखरीबाट खिम्ति खोलामा । दुवै पाखरीबाट अनवरत रुपमा पानीका मुश्ला निस्कन्छन् तर पानी कहाँबाट निस्किन्छ थाहा हुन्न । पाँचपोखरी र जटापोखरी भन्दापनि अघि बढ्न चाहनेहरु उमाकुण्ड गाउँपकालिकाको भुत पोखरी, बहुलाहा पोखरी लगायतका कुण्डहरुमा अघि बढ्न सक्छन् ।

नचाहनेले यात्रा त्याहीँ टुङ्ग्याएर फर्कन पनि सक्छन् । यो क्षेत्रको यात्रा चैतदेखि भदौ महिनासम्म गर्न सकिन्छ । जनै पूर्णिमाको दिन भने जटा पोखरीमा ठूलो मेला लाग्छ । यो स्थानलाई हिन्दु र वौद्धधर्मालम्बिहरुको संगमस्थल पनि मानिन्छ । जनपूर्णिमाको दिन मेला भर्न रामेछाप , दोलखा, सिन्धुपाल्चो, काभ्रे, सिन्धुली, ओखलढुँगा, सोलु, भक्तपुर, सर्लाही मात्र हैन भारतको सिक्किमसम्मका हिन्दु र वौद्धधर्मालम्बिहरु त्यहाँ पुग्ने गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए । योक्षेत्रलाई धार्मीक तथा पर्यटन क्षेत्रको रुपमा विकास गरी ठाउँठाउँमा होम स्टे तथा भ्यु टावरहरु निर्माण गर्ने योजना बनाएको गोकुलगँगा गाउँपालिका अध्यक्ष सुनुवारले बताए । जटोपोखरी र आसपासको क्षेत्रमा जडिबुटीको पनि खानी रहेको छ ।

लोडसल्ला, चिराईँतो पाखनवेद, ठुलो ओखतो, पाँच औले, जटामसि, सुनापति, विषमार, लगायतका जडिबुटी जंगलमा त्यतिकै सडेर गईरहेका छन् । यहाँका चौरहरुमा यार्सागुम्बा पनि पाइने स्थानीय शेर्पाहरु बताउँछन् । तिनको उचित व्यवस्थापन गरि विक्रि गर्ने हो गाउँपालिका राम्रो आम्दानि गर्ने सम्भावना रहेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया