Nepali date


शनिबार, अशोज ४, २०७६

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा ध्रुव अधिकारी निर्वाचित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को महासचिव पदमा कडा प्रतिस्पर्धाको विच ध्रुव अधिकारीले निर्वाचित हुनु भएको छ ।
आईतवार विहान सम्पन्न परिषदको निर्वाचनमा महासचिवमा अधिकारी निर्वाचित हुनु भएको छमेलवाट राज तिमिल्सिनाले जानकारी दिनुभएको हो । आगामी २ वर्षे कार्यकालका लागि शनिबार अभिवेशन सुरु भएको थियो ।

विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि र ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन आफुँ ढृउ संकलल्पका साथ काम गर्ने बताउनु भएको छ ।

उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । ठमेलमा भिआईप पब सहित अधिकारीले स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् ।
निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सयभन्दा बबढी व्यवसायी आवद्ध छन् । बाँकी अन्य पदको मत गणणा हुदै छ । घोषणा केहि समयमा हुने बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया