Nepali date


शनिबार, अशोज ४, २०७६

तत्कालका लागि नेपाल एअरलाइन्सको जापानको ओसाका उडान स्थगित

टोकियो । आउँदो असार १९ गतेदेखि सातामा तीन दिन जापानमा सिधा उडान घोषणा नेपाल एअरलाइन्सको जापानको ओसाका उडान स्थगित भएको छ ।
१२ वर्षपछि जापानमा यही असार १९ गते अर्थात जुलाई ४ तारिख देखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।
नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४१ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।
निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो । निगमले ओसाकामा उडान गर्दा यात्रु नपाउने सुझाव लत्याउँदै तालिका सार्वजनिक गरेको थियो ।
लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमलेगत वर्ष २४ अर्ब रुपैयाँ खर्चेर एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो । हाल निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान गदै आइरहेका छ ।

जापानको लागि निगमका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार नेपाल एयरलाईन्सको जापाज उठान तत्कालको लागि स्गगित भएको जानकारी दिनुभयो । म्योनजर पाण्डेले मातृसन्देश डट कमलाई दिनुभएको जानकारी अनुसार जापानमा चाडैं समय तालिका आउने जानकारी दिनुभयो ।
यो स्थगित गर्ने अधिकार मसंग छैन यो केन्द्रिय अफिसको निर्णय भएकोले नेपालवाट नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल,कमर्सियल डिरेक्टर टंक निधि दाहाल र क्याप्टेन विजय लामा २-३ साताभित्र जापान आएर छलफल गर्ने जापानको लागि निगमका कन्ट्री म्यानेजर पाण्डेले जानकारी दिनुभयो ।

नेपाल एयरलाईन्सले ओसाकासंगै नारिताबाट पनि उडानको लागि पहलकदमी भैरहेको म्यानेजर पाण्डे बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया