शुक्रबार, चैत १६, २०८०

सगरमाथा आरोहण गर्न जानेको संख्या धेरै हुँदा चुचुरोमै जाम,आठ जनाको मृत्यु

काठमाडौं । सगरमाथा आरोहण गर्न जानेको संख्या धेरै हुँदा चुचुरोमै जाम भएको छ । एकैपटक धेरै आरोहीहरु जाँदा जाम भएको हो । यसरी जाम हुँदा मृत्यु हुनेको संख्या आठजना पुगेको छ। जसमा एकजना नेपाली पनि परेका छन्।
सरकारी सम्पर्क अधिकृतको रुपमा सगरमाथा पुगेका ज्ञानेन्द श्रेष्ठकाअनुसार आज एकजनाको मृत्यु भएको छ। उनकाअनुसार आजसहित सगरमाथामै मृत्यु हुनेको संख्या आठ पुगेको छ।
चीनले यो वर्ष सरसफाइ गर्ने भन्दै सगरमाथा आरोहण बन्द गरिदिएपछि नेपालबाट आरोहण गर्नेको सख्या बढेको हो। एकातिर संख्या बढेको र अर्कोतिर मौसम पनि प्रतिकुल भएका कारण योपटक एउटै सिजनमा धेरै ज्यान गएको अधिकारीहरुले बताएका छन्।