शुक्रबार, चैत १६, २०८०

युवाहरूको ५ करोड लगानीबाट चितवनमा“लाईम एण्ड लेमन लाउन्ज क्याफे”संचालन

चितवन । चितवनको मुटुको रूपमा रहेको भरतपुर-१० दीपेन्द्रचोकमा युवाहरुको लगानीमा बनेको “लाइम एन्ड लेमन लाउन्ज क्याफे” गत शुक्रवार देखी संचालनमा आएको छ ।
चितवनमा सञ्चालित होटल, क्याफेहरू भन्दा अलि फरक शैलीमा ५ करोड भन्दा बढि लगानीमा निमार्ण भएको सो क्याफेको उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गर्नुभयो।
सो क्याफेको उद्घाटनका क्रममा अध्यक्ष प्रधानले युवाहरु विदेशी रहेको अवस्थामा विदेशमा वसेर सिकेको ज्ञानलाई आफनै ठाउँमा फर्केर केहि गर्न खोज्नु प्रेरणादायी काम भएको बताउनु भयो । उहाँले सो अवसर विषादी युक्त खाना भान्सामा भित्राउन वाध्य अवस्थामा प्रागंगारिक खानाका परिकार सेवाग्राहीलाई क्याफेले दिन सक्नु अर्कों राम्रो पक्ष भएको मा प्रसंशा पनि गर्नु भयो । उद्घाटन समारोहमा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी , होटल व्यवसायी संघ चितवनको अध्यक्ष सर्मिला न्यौपाने, पुर्व अध्यक्ष इमान्दु बराल, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, रुपन्देही होटल संघका अध्यक्ष समुन्द्र जि.सी , नेपाल कुखुरा व्यवसायी मंच चितवनका अध्यक्ष ऋषीराम पौडेल लगायतले शुभ कामना मन्त्वय दिनु भएको थियो ।
साइप्रसमा आधादशक विताएर नेपाल फर्केका सागर पौडेल ,त्यस्तै जापानमा एक दशक बिताई नेपाल फर्केकी प्रभा वराल पोखरेल सगै नर्स निशा ढकाल न्यौपाने , कृषिमा अध्यनरत निशान्त ढकाल, आईटी क्षेत्रका डेविस वरालको संयुक्त लगानीमा सो होटल सञ्चालनमा आएको हो ।

सो अवसरमा धुर्मश सुन्तली फाउन्डेसनको पहलमा चितवनमा निमार्ण गरिन लागेको अन्तराष्टिय क्रिकेट रंगशालाका लागि क्याफेको तर्फ बाट ११ हजार १ सय ११ समेत सहयोग गरिएको छ । त्यसैगरि क्याफे रहेको टोल विकास सस्थालाई टोलको सरसफाईका लागि पनि होटलले केहि प्रतिशत रकम छुटाउने क्याफेका प्रमुख सागर पौडेलले बताउनु भयो । क़रिब ३५० जना को क्षमता भएको क्याफेमा पारिवारिक वातावरण मा अर्गानिक स्वास्थ्यवद्धक ,स्वादिलो खानाका परिकार का साथै विभिन्न अवसरमा लाइभ म्युजिकको व्यवस्था समेत गरिने सञ्चालक निशा ढकाल न्यौपानेले जानकारी दिनु भयो ।
लाइम एण्ड लेमन लाउन्ज क्याफे बिगत ५ वर्ष देखि बुटवलमा सञ्चालनमा रहदै आएको छ त्यसैको पहिलो शाखाको रूपमा भरतपुरमा संचालन गरीएको छ ।
होटलका लागि आवश्यक प्रागांरिक उत्पादनका खाध्यवस्तु पाल्पाबाट ल्याउने गरेको बताउदै चितवनबाटै पनि कोलेनरी हब्सको उत्पादन गर्ने प्रयासमा रहेको क्याफेका प्रमुख पौडेलले जानकारी दिनुभयो ।