बुधबार, बैशाख ०९, २०८३

विश्व कीर्तिमान : कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण

काठमाडौं । कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् ।
सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान कायम गरेका हुन् ।
कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेको आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताएका छन्।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

को हुन कामीरिता शेर्पा ?

उनले जीवनमा सर्वाधिक २३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् ।

कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताउनुभयो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो ।

बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताउनुभयो ।

यसअघि २१ पटक सगरमाथा चढिसक्नुभएका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसक्नुभएको छ ।