शुक्रबार, बैशाख १४, २०८१

टोकियोमा बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न,रिशव प्रथम

इन्दिरा खनाल,टोकियो ।
जापानको टोकियोमा प्रथम बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता गैरआवासीय नेपाली संघ जापानको आयोजनामा टोकियोको मेगुरो कुमिन सेन्टरमा सम्पन्न भएको हो ।
वालवालिकाकाे अन्तर्निहित् प्रतिबालाई प्रस्फूटन गर्ने उद्देश्यले नेपाली, जापानी र अङ्ग्रेजी भाषामा वक्तृत्वकलाकाे आयोजना गरिएको थियो । प्रतियोगितामा टोकियो र आसपासका विभिन्न विद्यालयहरूमा अध्ययनरत ८ देखि १५ वर्षसम्मका १६ जना बालबालिकाहरुकाे सहभागिता रहेको थियो ।
बिरताको देश नेपाल शिर्षकमा आयोजना भएको प्रतियोगितामा रिशव चन्द्र आचार्य प्रथम ,प्रदेसियका आमाबाबु शिर्षकमा परिक्रमा अधिकारि दृतिय र छोराछोरीको लागि निर्देशन शिर्षकमा अमन तामाङ् तृतिय भएका छन् ।
प्रतियोगिताका विजयीहरु प्रथमले ७० हजार येन,दोस्रोले ५० हजार येन र तेस्रोले ३० हजार येन र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले र गैरआवासीय नेपाली संघका सदस्य कपिलदेब थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीको अध्यक्षता संयोजक सिर्जना पाण्डे ज्ञवालिको स्वागत मन्तव्य ,महासचिब बुद्धिराज घिमिरे र सुस्मिता प्रसाइको संचालनमा सम्पन्न भएको थियो ।