Nepali date


आइतवार, साउन ५, २०७६

जापानी विदेश मन्त्री तारो चीन भ्रमणमा

बेइजिङ । जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लागेका छन् । आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले शुक्रबार घोषणा गरेका छन् ।

लुका अनुसार कोनो चिनियाँ विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा चीन आउन लागेका हुन् । यस भ्रमणको क्रममा दुई विदेशमन्त्रीबीच पाँचौै उच्च स्तरीय आर्थिक वार्ता हुने लुले बताएका छन् ।

चीन जापान युवा आदान प्रदान कार्यक्रममा दुबै देशबाट प्रतिनिधित्व हुने प्रवक्ताले थप जानकारी दिए।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया