Nepali date


आइतवार, साउन ५, २०७६

दोलालघाट पर्यटन बृहत् महोत्सव सुरु

काभ्रे । काभ्रेको दोलालघाटमा भुम्लु बृहत् पर्यटन मेला,दोलालघाट महोत्सव ३ हुने भएको छ । स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला अाजबाट सुरु भएको छ ।
महोत्सव मुख्यत कृषि,व्यापार एवम् आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्धेश्यले दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्द्र र दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको संयुक्त आयोजना महोत्सव मेला सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्धारा उद्घाटन गर्नु भएको छ ।
महोत्सव मेलामा सुनकोशीको माछा,मौलिक नेवारी परिकारले स्वागत गरिनुका साथै फुटबल तथा नृत्य प्रतियोगिता पनि आयोजना गर्ने यसमा स्थानिय प्रतिभाको प्रस्फुटन र बिकासका लागि स्थानियलाई मात्रै समावेश गरिने भएको छ ।
महोत्सवमा साँस्कृतिक कार्यक्रम,उद्योग व्याापारका स्टलहरु,बाल उद्यान रमाईलो मेला,चमेना गृह,र्याफ्टीङ,स्वास्थ्य शिविर,स्थानिय पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा धार्मिक स्थलहरुको अवलोकन,कृषि प्रदर्शनी तथा डिजे पार्टि,नाईट क्याम्पम हुने आयोजक टिमले बताएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया