Nepali date


सोमवार, चैत्र ४, २०७५

देउवा र पौडेल लगाएतका कांग्रेस नेताहरु स्नान गरेपछि भने,पर्यटकीय सम्भावना छ

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानीमा स्नान गरेका छन् ।

शनिबार हेलिकप्टर मार्फत तातोपानी पुगेका उनीहरुले त्यहाँ स्नान गरेका हुन् ।

तातोपानीमा स्नान गरेपछि सभापति देउवाले तातोपानी कुण्डको पानी आफूले सुनेको भन्दा धेरै तातो भएको प्रतिक्रिया दिए ।

तातोपानी कुण्डको पर्यटकीय सम्भावना उच्च रहेको बताउँदै उनले भने,‘यो तातोपानी कुण्डको धेरै पर्यटकीय सम्भावना छ। यसलाई अझै व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटन प्रर्वद्धन गर्नुपर्छ ।

अर्का नेता पौडेलले तातोपानी कुण्डको बारेमा धेरै चर्चा भएको सुनेर कस्तो रहेछ भनेर अनुभवका लागि स्नान गरेको बताए ।

अर्का नेता पौडेलले तातोपानी कुण्डको बारेमा धेरै चर्चा भएको सुनेर कस्तो रहेछ भनेर अनुभवका लागि स्नान गरेको बताए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया