ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल पूर्ण भुपरिवेष्ठित नरहेको बताउनू भएको छ ।
बिहिबार ललितपुरस्थित एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री भने, “अब भुपरिवेष्ठित युग समाप्त गरेर जलमार्गबाट बाँकी विश्वसँग नेपालको सम्बन्ध बढाउने ढोका खुलेको छ ।
ओेलीले गतवर्ष आफ्नो भारत भ्रमणमा रेलमार्ग र जलमार्गको लागि भएको संयुक्त जल तथा रेल यातायात सम्झौता कार्यान्वयनले तिव्रता लिइरहेको बताए ।
नेपालका नदीहरुमा महासागरमा चल्ने ठूला नभई साना पानीजहाज ल्याउन सकिने बताँउदै प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा भारतले बाराणसीबाट हल्दियाघाटसम्म पानीजहाज ल्याउन बन्दरगाह बनाइरहेको र त्यहाँबाट नेपालको सीमा २७५ किलोमिटरमात्र रहेको जानकारी दिइएको थियो ।
हल्दियाघाटसम्म आँउने भारतीय पानीजहाजको भार क्षमता ५ हजार मेट्रिक टनसम्मको हुनेछ । त्यहाँबाट साना आकारका पानीजहाज नेपालको नारायणी नदीबाट दासढुंगासम्म ल्याउन सकिनेबारे अध्ययन भइरहेको भौतिक योजना तथा यातायात मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
“पानीजहाजको टिकट किन्न पाइन्छ,हतार नगर्नुहोस” आफुले पानीजहाज चलाउने योजना सुनाँउदा खिसी गर्नेहरुको ओइरो लागेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने, यो २/४ जनालाई जागिर खुवाउन खोलेको अड्डा होइन ।
सरकारको पानीजहाज कार्यालयमा अहिलेलाई सहसचिवको नेतृत्वमा १६ कर्मचारी रहनेछन् ।


