शुक्रबार, बैशाख १४, २०८१

हिमापात र बर्षात् भएपछि काठमाडौँमा अत्यधिक चिसो

काठमाडौँ । संघीय राजधानी काठमाडौँका अग्ला डाँडाकाँडा हिउँले सेताम्ये भएका छन् ।

बिहीबारदेखि परेको लगातारको झरीले लामो समयपछि आइतवार १८ सय मिटरको उचाईसम्म हिमपात भएको हो ।
लगातारको बर्षातपछि भएको हिमपाले फूलचोकी, चन्द्रागिरि, शिवपुरी, नागार्जुन, कपन गुम्बा, बूढानीलकण्ठसहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउँ परेपछि चन्द्रागिरि र फूचोकीसहितका क्षेत्रमा हिउँ खेल्नेको लर्को लागेको छ । हिमापत र बर्षात् भएपछि काठमाडौँमा पनि अत्यधिक चिसो भएको छ ।
भक्तपुरको पर्यटकीय नगरी नगरकोटमा हिमपात भएको छ । हिमपात भएसँगै आन्तरिक तथा बाह्य पर्यटक एकापसमा हिउँ खेल्दै रमाइरहेका छन् । गएरातीको वर्षापछि शनिबार बिहानदेखी हिमपात भएको छ ।