शनिबार, बैशाख १९, २०८३

नेपालमा लगानी बढाउन आगामी फेब्रुअरी ५ तारिख टोकियोमा सेमिनार हुँदै

टोकियो । नेपाल सरकारले काठमाडौंमा बैदेशिक लगानी सम्बन्धी सेमिनारको आयोजना गर्ने भएको छ ।
यहि मार्च २९ र ३० तारिक हुने सो सेमिनारको लागि जापानबाट पनि जापानी तथा नेपाली लगानीकर्ताहरुको उल्लेखनिय सहभागिताको गर्न नेपाली राजदुतावास जापानको पहलमा लगानी सेमिनार हुने भएको हो ।
लगानीको बिषय बस्तु जानकारी सहित लगानि कर्ताहरुलाई नेपालमा आयोजना हुने सेमिनारमा सहभागि हुन एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा अपिल गर्नु भएको छ।

नेपाली राजदुतावास टोकियो प्रमुख आयोजना र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाली ब्यवसायी संघ (एनबिए) जापानको सहआयोजनामा आगामी फेब्रुअरी ५ तारिख टोकियोमा सम्पन्न हुने लगानी सेमिनारमा उपस्थित सहित नेपालमा हुने सेमिनारमा भागलिन थप जानकारी र नाम दर्ता गर्न सकिने भएकोले सम्पुर्ण जापानी तथा नेपाली लगानि कर्ता हरुलाई उपस्थितिको लागि आयोजक र सहआयोजकको तर्फ बाट एनआरएनए जापानका महासचिब बुद्धीराज धिमिरेले जानकारी दिनुभयो ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले बैदेशिक लगानीका विषयमा जानकारी गराउनुहुने छ, साथै नेपालमा बैदेशिक लगानीका सम्भावनाका विषयमा दुई जना विशेषज्ञले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपालमा लगानी गर्न इच्छुक नेपाली जापानी नागरिकको समेत सहभागी हुनेछन्,एनआरएनए आईसीसी तथा जापानका प्रतिनिधी, नेपाली तथा जापानी ब्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ । जापानका ठुला कम्पनीहरुलाइ समेत नेपालमा लगानी गर्न प्रोत्साहन गरिने योजना रहेको छ।
सो कार्यक्रम नाकामेगुरो टोकियो हुने र सम्पर्कको nrnanccjapan@gmail.com garna सकिने जनाएको छ ।