काठमाडौं । सरकारले नेपालको एकमात्रै जनकपुर-जयनगर रेलमार्गमा सरकारले आफ्नै रेलगाडी चलाउने भनेपनि रेल चलाउने जनशक्ति भने भारतबाटै ल्याउनुपर्ने भएको छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएको भन्दै आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याउन लागिएको रेल्वे विभागले जनाएको छ ।
रेल्वे विभागले भारत सरकारसँग तत्कालै ५० करोड खर्चिएर एउटा रेल ल्याउन लागेको छ । त्यसका लागि आगामी जनवरी १० तारिकसम्म भारतसाग डिल सकाउने योजना सरकारको छ । त्यस लगत्तै रेल सञ्चालनका लागि जनशक्ति पूर्ति गर्ने प्रक्रिया सुरु हुने रेल विभागमा महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
रेलको सञ्चालन र व्यवस्थापन हामी आफैं गर्छौं, हामीसँग चाहिने ड्राभइभर लगायतका प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौं,’ उनले भने,’हामीले तै तलब सुविधा दिएर राख्ने हो ।’
यो वर्ष बजेटले यो रेलमार्गमा रेलगाडी किन्न ५० करोड बजेट पनि छुट्याएको छ । अर्थ मन्त्रालयले अर्को ५० करोड दिन सहमति दिइइसकेको छ ।
यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाएको थियो । तर, आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने योजना बनाइएको हो ।bकेही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ मिश्र भन्छन्,’पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।
ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क रेल्वे अधिकारीहरुको छ ।

