मङ्गलबार, बैशाख ११, २०८१

कालिञ्चोकमा हिउँले छपक्कै ढाकेपछि पर्यटकको संख्यामा बृद्धि

चरिकोट । दोलखाको धार्मिक एवंम पर्यटकीय स्थल कालिञ्चोकमा हिउँले छपक्कै ढाकेको छ । अग्रेजी नयाँ बर्षको सुरुवातीमै हिउँ परेसँगै कालिञ्चोक जाने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।
हिँउ खेल्न जानेहरुको संख्यामा बृद्धि भएसँगै त्यस आसपासका होटलहरु भरिभराउ हुन थालेका छन् । यस्तै केहि समय अघि मात्र सञ्चालनमा आएको कालिञ्चोक केवलकार चड्नेको संख्यामा पनि बृद्धि भएको छ ।

तस्विर : सरोजकुमार मोक्तान,चरिकोट