टोकियो ।‘फुटबल फर फ्रेनसीप’ भन्ने नाराका साथ आगामी फेब्रुअरी महिनामा तेस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिता हुने भएको छ ।
हाइजिमा युथ क्लबको आयोजनामा जापानको टोक्योमा हुने प्रतियोगिता यही फेब्रुअरी २४ तारीखमा सन्चालन गर्ने जनाएको छ । प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक फुटबल क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन सक्ने क्लबका अध्यक्ष अखिल तामाङले जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४१ हजार जापानी येन तोकिएको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीका लागि २ लाख येन पुरस्कार तोकिएको छ साथै तेस्रो हुने टिमले पनि नगद १ लाख येन सहित ट्रफी हात पार्नेछन |
प्रतियोगिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराइ आफ्नो सहभागिता सुनिश्चित गर्न क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह गरेका छन् । यस कार्यक्रमको मिडिया सपोर्ट मातृ सन्देश डट कमले गरेको छ ।

