शनिबार, बैशाख ०८, २०८१

प्रधानमन्त्री ओलीवाट धरहराको शिलान्यास,२ बर्षमा निर्माण सम्पन गरि सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहराको शिलान्यास गर्नुभएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा २ बर्षमा निर्माण सम्पन गर्ने गरी प्रधानमन्त्री ओलीले विहिवार शिलान्यास गर्नुभएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको तेस्रो बर्षको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास सम्पूर्ण ऐतिहासिक र पुरातात्विक सम्पदाको निर्माण प्रारम्भको संकेत भएको बताउनु भयो । “हाम्रा सबै पुरातात्विक महत्वका सम्पदाहरु ऐतिहासिकता झल्किने र आधुनिकता टल्किने गरी निर्माण हुनेछन,” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसपछि काठमाडौं एउटा पर्यटकीय सहर बन्नेछ । धरहराको टुप्पाबाट हामीले सफा काठमाडौं हेर्नेछौं ।”

प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा जुटेको पनि सो अवसरमाप्रष्ट पार्नुभयो । धरहरा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न प्रधानमन्त्री ओलीले निर्देशन पनि दिनुभयो । धरहरा निर्माणको क्रममा वातावरणीय अवस्थालाई पनि ख्याल गर्न समेत प्रधानमन्त्री ओलीले सम्झाउनु भएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री भएका बेला उहाँले २०७२ साल फागुन ४ गते म बनाउछु मेरो धरहरा अभियानको सुरुवात गर्नुभएको थियो । ४२ रोपनी जग्गामा ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २सय ४० रुपैंया लागतमा जीआइइटिसी –रमन जेभि कम्पनीले धरहराको पुननिर्माण गर्नेछ । धरहरा २२ तलाको हुने छ । जसमा तीन तलामा पार्किङको प्रवन्ध गरिएको छ ।