
जापान । तमु धिं जापानले तमु समुदायको नयाँ वर्ष तमु (फो-ल्हो) ल्होसार यहि जनावरी २ तारिक बुधबारका दिन भब्यताको साथ मनाउने तयारी थालेको छ ।
नेपालबाट आमंत्रित कलाकारहरुको साथमा तमुहरुको पहिचान झल्कने बिबिध साँस्कृतिक कार्यक्रम सहित (फो-ल्हो) ल्होसार २०१९ भब्य रुपमा मनाउन तयारी थालेको हो ।
आफ्नो मौलिक परम्परा र सस्कृतिलाई जिबन्त राख्ने र तमु तमुबिच भाइचाराको सम्बंन्ध कायम राखी आपसी मिलाप र शुभकामना आदान प्रदान साटासाट गर्ने हेतुले तमु धिं जापानले हरेक साल ल्होसार कार्यक्रमको आयोजना गर्दै आइ रहेको छ । तमु धिं जापानको आयोजनामा हुने यो २४ औ लोसार कार्यक्रम हो । ल्होसार साझलाइ थप रंगिन र टोकियोको चिसोलाई न्यानो बनाउन यसपाली तमु धिं जापानले नेपालबाट लोक गायिका काजल गुरुङ र नेपथ्यका पुर्ब भोकलिस्ट तथा पप गायक गौतम गुरुङलाइ निमन्त्रणा गरेको छ। कार्यक्रमा MERCURY BAND र AFANTA BAND को धमकेदार प्रस्तुति साथै स्थानीय कलाकारहरु भरपुर मनोरंजन दिने तमु धिं जापानका अध्यक्ष अनिता तमुले जानकारी दिनु भएको छ ।लोसार साझलाई थप सब्य र भब्य बनाउन तमु धी जनापनले उपाध्यक्ष सौगत गुरुङको संयोजकमा विभिन्न उपसमिति बनाइ प्रचार प्रसारलाइ समेत तिब्रता दिएको छ ।
साथै नेपालि जनाजिबनको अतिनै लोकप्रिय गित ‘छातिमा मेरो यो छोटो भोटो, कलिलो तामालाई सोध आमालाई’ सोह्र बर्षे उमेरैमा म पनि झिल्के हुदो हो’ जस्ता सर्बाधिक लोकप्रिय गित गाएर नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पचिचान बनाउन सफल नेपालि लोक संगीतको धरोहर छेत्र गुरुङको उपस्थितिले पनि यसपालिको (फो- ल्हो) लोसार बिशेष रहने भएको छ । तमु धिं जापानले उहालाई २४ औ फो-ल्होसार विशिष्ट व्यक्ति तथा श्रष्ठा सम्मानित समेत गर्ने भएको छ ।
हरेक बर्षको पुस पन्द्रमा मनाइने ल्होसार नयाँ वर्ष अर्थात गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र तमुहरुको ग्लोबोलाइजेसनसंग संगै विश्वका विभिन्न देशहरूमा पनि मनाइन्छ । तमु ल्होसारले बिशेषत गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । अत: प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
ल्होसारको अघिल्लो दिनदेखि मनाउन सुरु गरिने यो चाड साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नया बर्षलाई स्वागत गर्नुका साथै एक अर्कामा शुभकामना आदान प्रदान गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर मनाउने चालन छ । यो दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्ने गर्दछन ।

