चारिकोट । दोलखाको चरिकोटमा प्रथम प्रकाश स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका युवा नेता तथा प्रचण्ड पुत्र प्रकाश दाहालको स्मृतिमा दोलखामा फुटबल प्रतियोगिता हुने भएको हो ।
मंसिर १ गते देखि ७ गते सम्म दोलखाको चरिकोटमा सुरु हुन लागेको प्रथम प्रकाश स्मृति कम खुल्ला फुटबल प्रतियोगितामा रामेछाप जिल्लाको तर्फबाट प्रतिनिधित्व गर्दै दिपशिखा व्वईज युनाईटेड क्लबले सहभागि हुने क्बलका अध्यक्ष सोनु कुमार रोकाले जानकारी दिएका छन् । उत्त प्रतियोगितामा देशैभरिबाट जम्मा १२ टिम छानिदा रामेछापबाट दिपशिखा पर्नुमा थप खुसी छाएको छ । रामेछाप जिल्लामा फुटबलको विकास गर्न विगत ७ वर्ष देखि तल्लीन दिपशिखा अस्ति भर्खर असोज २४ देखि २९ गते सम्म रामेछापको मन्थलीमा जिल्लाको सर्वाधिक राशिको फुटबल सम्पन्न दीपशिकाले गरेको छ ।
दोलखा र सिन्धुलीकोबिचमा पर्ने रामेछाप भने यति साच्चिकै फुटबल क्षेत्रमा मारमा परेको छ । दुबै जिल्लामा फुटबल संघ छ भौगोलिक बनावटले कुनै भन्दा कम छैन रामेछाप,अरु दुर्गम जिल्ला भए पनि रामेछाप सुगम जिल्लामा पर्छ तर पनि किन रामेछाप हेपिएको छ ? क्लब अध्यक्षले सोनूले भने ।
पुर्नसंगठित नयाँ सामाजिक शैक्षिक अभियान नेपाल (रिनेजम नेपाल)को आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको सो प्रतियोगितामा कूल १२ टिम सहभागी रहेका छन् ।
कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवारले गर्नेछन् भने कार्यक्रमको समापन खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले गर्ने कार्यक्रम रहेको छ साथै सोहि कार्यक्रममा राष्ट्रिय कलाकार प्रमोद खरेल, जेवि टुहुरे, चेतन सापकोटा, मण्डपि त्रिपाठी तथा अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ ।
खेलको बिजेता टिमले नगद रु २,५०,००० सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय टिमले नगद रु १,२५,००० सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ, त्यस्तै तृतिय हुने दुई टोलिले नगद रु ३०,०००/३०,००० सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ठ किपर, डिफेण्डर, हाई स्कोरर र म्यान आफ दि म्याचलाई नगद रु १०,०००/१०,००० सहित शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक मिन कुमार सिवाकोटीले जानकारी दिएका छन् ।

